ad
x

ताप्लेजुङमा बुष्टर डोजको तयारी

person explore access_timeमाघ १५, २०७८ chat_bubble_outline0

ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टर डोज लगाइने भएको छ । कोभिशिल्ड खोप लगाएको छ महिना समय पुगेकालाई बुष्टर डोज दिन लागिएको हो ।


जिल्लामा ६० वर्षभन्दा माथि उमेर समूहका, दीर्घरोगी, अग्रपंक्तिमा खटिने र सामाजिक कार्यमा अग्रसर हुनेलाई प्राथमिकता दिएर बुष्टर डोज लगाउने तयारी भएको जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समितिले जनाएको छ ।



नगरपालिका– ४ वडा कार्यालय र तोक्मेडाँडामा प्रत्येक शनिवार नियमित खोप सञ्चालन गर्ने र खोप केन्द्रहरु मार्फत बुष्टरडोज दिइने स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख राजकुमार पोखरेलले बताए ।











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।