ad
x

प्रदेश राज्य मन्त्रीद्वारा आन्दोलनका घाइतेलाई १ लाख सहयोग

person explore access_timeमाघ १५, २०७८ chat_bubble_outline0

मधेस प्रदेश सरकारका कृषि राज्यमन्त्री योगेन्द्र यादवले मधेस आन्दोलनको क्रममा प्रहरीको गोली लागि घाइते भएका रौतहट राजदेवी नगरपालिका-५ पताही निवासी रणवीर सिंहलाई एक लाख रुपैयाँ सहयोग गरेका छन्  । 


मधेस सरकारको तर्फबाट राज्यमन्त्री योगेन्द्र यादव सिंहको घरमै पुगेर एक लाखको चेक हस्तान्तरण गरेका हुन् । सो क्रममा जसपा केन्द्रीय सदस्य रेवन्त झाको पनि सहभागिता रहेको थियो ।



सात वर्षअघि रौतहट सदरमुकाम गौरबाट जिल्लाको विभिन्न भागमा सेवा केन्द्र स्थापनाको विरोध गर्दै भएको आन्दोलनको क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका रणवीर सिंहको अवस्था निकै कमजोर छ । 



सरकारको निर्णय अनुसार सदरमुकामबाट मालपोत कार्यालय र नापी कार्यालयको सेवा केन्द्र सार्ने गरेको निर्णयको विरुद्धमा तत्कालीन ८ दलीय गठबन्धन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको आन्दोलनको क्रममा २०७१ साल असार महिनामा गौर नगरपालिका ९ स्थित बरहवा पुल नजिक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा सिंहको पेट र हातमा ३ वटा गोली लागेको थियो ।



मुलुकमा संघियता आउनुभन्दा पहिला भएको आन्दोलनमा प्रहरीको गोलीबाट घाइते भएका तत्कालीन हजमिनिया गाविस हाल राजदेवी नगरपालिका -५ पताही निवासी ३० वर्षीय रणवीर सिंह बिगत ७ वर्षदेखि आर्थिक अभावका कारण उपचार गराउन नसकेका कारण घरमै थल्ला परेका छन् ।



श्रीमती र २ सन्तान रहेको सिंहको उपचारको अभावमा घरमा छटपटिएर जीवनमरणको दोसाधमा पुगेको अवस्थामा प्रदेश सरकार को प्रदेश सभाको मुख्य गेटमा गएर आत्महत्या गर्ने चेतावनी दिएका थिए । 




 



 



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।