शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीका निर्वाचित वडा अध्यक्ष काँग्रेसमा प्रवेश

शनिबार, १५ माघ २०७८, ०९ : २३
शनिबार, १५ माघ २०७८

रौतहटको फतुवा बिजयपुर वडा ६ का माओवादी पार्टीबाट निर्वाचित वडा अध्यक्ष हीरालाल यादव पार्टी परित्याग गरि काँग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली काँग्रेस फतुवा विजयपुर नगर कमिटीद्वारा  आयोजित पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि  काँग्रेस मधेस प्रदेश सभापति कृष्णा यादवले वडा अध्यक्ष  यादव  र उनीसँगै काँग्रेसमा प्रवेश गरेका उनका समर्थकहरुलाई माला र टिका लगाई स्वागत गरेका थिए ।

पहिले जनयुद्धको नाउँमा र अहिले विभिन्न भ्रम तथा आश्वासन बाँडेर माओवादीले मधेसी समुदायलाई ठग्ने मात्र काम गरेकाले पार्टी छोडेको वडा अध्यक्ष हीरालाल यादवले प्रतिक्रिया दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप