शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

वैद्यखाना आफैँ ‘बिरामी’

शनिबार, १५ माघ २०७८, ०६ : ५३
शनिबार, १५ माघ २०७८

नेपालमा आयुर्वेद औषधि उत्पादन गर्ने एक मात्र सरकारी निकाय हो– सिंहदरबार वैद्यखाना । आयुर्वेदिक औषधि उत्पादन र वितरणमा करिब चार सय वर्षको इतिहास रहेको वैद्यखाना यतिबेला आफैँ बिरामी अवस्थामा छ ।

कुनै समय १८५ प्रकारका आयुर्वेद औषधि उत्पादन गर्ने वैद्यखाना यतिबेला जेनतेन ३५ थरीका औषधि उत्पादन गरिरहेको छ । त्यसमाथि सिंहदरबार वैद्यखानाका बिक्री कक्ष कार्यालय समयमा मात्र खुल्ने हुनाले उपभोक्ताहरू मारमा परेका छन् । जसका कारण उपभोक्ताहरू निजी क्षेत्रबाट उत्पादन गरिएका आयुर्वेदिक औषधि महँगोमा खरिद गर्न बाध्य छन् । बिक्री कक्षका वैद्य आदित्य ठाकुरका अनुसार, मानव जीवनका लागि महत्वपूर्ण र बजारमा बढी माग भएको औषधिकै उत्पादन रोकिएको छ । कोभिड–१९ महामारीका बेला शिलाजित, त्रिफला चूर्ण, तुलसी चिया, अश्वगन्धा चूर्ण, अश्वगन्धारिष्ट र च्यवनप्राशको माग उच्च छ । यद्यपि यिनै औषधि वैद्यखानाको बिक्री कक्षमा छैन ।

वैद्य ठाकुरले भने, “च्यवनप्राशको उत्पादन बन्द भएको थियो । पुस पहिलो सातादेखि मात्रै साधारण किसिमको च्यवनप्राशको बिक्री सुरु भएको छ । माग धेरै हुने सुगर फ्री र उत्कृष्ट गुण‚तरका च्यवनप्राशको उत्पादन रोकिएको दुई वर्ष हुन लाग्यो ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप