
बेइजिङ ओलम्पिकका लागि आएका १२ जनामा कोरोना सङ्क्रमण

चीनको संघीय राजधानी बेइजिङमा हुन लागेको ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागी हुन आएकामध्ये १२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । आगामी शुक्रबारदेखि सुरु हुने प्रतियोगितामा सहभागिताका लागि विभिन्न देशबाट सहभागीहरू आउने क्रम तीव्र छ ।
सहभागी आउने र परीक्षण गर्ने क्रम चलिरहेको र यो सङ्ख्या पछिल्लो २४ घण्टाको मात्रै भएको अधिकारीहरूले जनाएका छन् । प्रतियोगिताका लागि बिहीबार रातिसम्ममा एक हजार ६८२ जना बेइजिङ आइपुगेका छन् ।
तीमध्ये एक हजार ४२ जना खेलाडी नै रहेका छन् भने ६४० जना खेल पदाधिकारी तथा अन्य रहेका छन् । प्रतियोगितामा सहभागी हुन आएका सवैको पिसिआर परीक्षण विमानस्थलमै गर्ने व्यवस्था मिलाइएको अधिकारीहरूले जनाएका छन् ।
कोरोनाभाइरसको महामारीबीचमा ठूलो चुनौतीलाई सामना गर्दै आयोजना गरिएको प्रतियोगिता फेब्रुअरी ४ मा सुरु भइ फेब्रुअरी २० मा सम्पन्न हुनेछ ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ