शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाले मधेशी जनतालाई ठगिरहेको छ : रघुवीर महासेठ

शुक्रबार, १४ माघ २०७८, २१ : ३६
शुक्रबार, १४ माघ २०७८

नेकपा एमालेका सचिव रघुवीर महासेठले जसपाले मधेशी जनतालाई ठग्दै आएको आरोप लगाएका छन् । शुक्रबार धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै महासेठले यस्तो आरोप लगाएका हुन् ।

मधेसवादी दलहरुले जनतालाई धोका दिएकाले सचेत मधेशी जनता विकल्पको खोजीमा रहेको समेत महासेठले बताए । महासेठले भने, ‘अब मधेशी जनतालाई कुनै पनि बहानामा कसैले ठग्न सक्दैनन्,किनभने अब मधेशी जनता सचेत छन् ।’

परमादेशबाट बनेको सरकारको अगुवाईमा रहेको गठबन्धनलाई अवैधानिक गठबन्धनको संज्ञा दिए । उनले अवैधानिक गठबन्धनको सरकारले जनताको हितमा काम गर्न नसक्ने समेत दावी गरे । पूर्वमन्त्री समेत रहेका केन्द्रीय सचिव महासेठले जसपा नेपालका जिल्ला नेता सुखदेव यादवको अगुवाईमा एमाले प्रवेश गर्नेहरुलाई स्वागत गरेका थिए ।

एमाले प्रवेश गरेका स्थानीय नेता विनोदप्रसाद गुप्ताले जसपा नेपाल हैकमवादी र व्यक्तिवादी तानाशाही प्रवृत्तिबाट ग्रस्त रहेको आरोप लगाए । साविक रमदैया गाउँपालिकाका पूर्वपञ्च समेत रहेका नेता सुखदेव यादव जसपा नेपाल धनुषाका जिल्ला समिति सदस्य हुन् भने गुप्ता जसपा क्षिरेश्वनाथ नगर समितिका सभापति हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप