
दुर्गेशको नयाँ गीत पैसामा पनि छाडा शब्द

गायक दुर्गेश थापा जहिले पनि गीत विवादमा छाउने हिसाबले बनाउँछन् । गीत विवादित भयो भने चर्चा हुन्छ, चर्चा भए हिट र हिट भए पैसा कमाउने उनको मान्यता पहिले देखिनै रहँदै आएको छ । त्यही मान्यताका साथ उनले नयाँ गीत ‘पैसा’ पनि बनाएका छन् । जुन गीतमा उनले आपत्तिजनक र छाडा शब्दहरू समेत प्रयोग गरेका छन् ।
रक शैलीमा तयार गीतमा उनले ‘पैसा’ लाई सर्वाेपरी रुपमा प्रस्तुत गरेका छन् । गीतमा शब्द संगीत समेत उनकै रहेको छ । गीतको भिडियोलाई रुपेश थापाले निर्देशन गरेका हुन् । भिडियो पनि दुर्गेशले अश्लिल हाउभाउका साथ बनाएका छन् । गीत हेर्दा दुर्गेशले विवादमा आउने र चर्चा पाउने उदेश्यले बनाएको सजिलै अनुमान गर्न सकिन्छ ।
यस अगाडि पनि उनले थुप्रै गीत विवादमा ल्याएर हिट बनाएका थिए । यो गीत पनि हिट बनाउन उनले सोही तरिका अप्नानाएका हुन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ