बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकाभित्र बस, टेम्पो र माइक्रोबसमा जोर बिजोर हटाउने निर्णय

शुक्रबार, १४ माघ २०७८, १९ : ३२
शुक्रबार, १४ माघ २०७८

काठमाडौं उपत्यका भित्र चल्ने बस, टेम्पो र माइक्रोबसमा लागू गरिएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरिएको छ ।  शुक्रबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले सो निर्णय गरेका हुन् ।

माघ १४ गते राति १२ बजेबाट लागू हुनेगरी सो निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले रातोपाटीलाई बताए । काठमाडौं उपत्यकामा माघ ७ गतेबाट सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो । 

निजी सवारी साधन र ट्याक्सीलाई चाहिँ जोर बिजोर प्रणाली लागू हुनेछ । दुई पांग्रेसहित निजी सवारीलाई गतेका आधारमा जोर बिजोर प्रणाली लागू हुने प्रजिअ उपाध्यायले बताए । दुईपांग्रे सहितका निजी र  ट्याक्सी जोर गते जोर र बिजोर गते बिजोर नम्बरमा चल्न पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप