उपत्यकाभित्र बस, टेम्पो र माइक्रोबसमा जोर बिजोर हटाउने निर्णय
शुक्रबार, १४ माघ २०७८, १९ : ३२
काठमाडौं उपत्यका भित्र चल्ने बस, टेम्पो र माइक्रोबसमा लागू गरिएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरिएको छ । शुक्रबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले सो निर्णय गरेका हुन् ।
माघ १४ गते राति १२ बजेबाट लागू हुनेगरी सो निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले रातोपाटीलाई बताए । काठमाडौं उपत्यकामा माघ ७ गतेबाट सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो ।
निजी सवारी साधन र ट्याक्सीलाई चाहिँ जोर बिजोर प्रणाली लागू हुनेछ । दुई पांग्रेसहित निजी सवारीलाई गतेका आधारमा जोर बिजोर प्रणाली लागू हुने प्रजिअ उपाध्यायले बताए । दुईपांग्रे सहितका निजी र ट्याक्सी जोर गते जोर र बिजोर गते बिजोर नम्बरमा चल्न पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण