शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चुनाव सारिए संविधान समाप्त हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली

शुक्रबार, १४ माघ २०७८, १९ : १९
शुक्रबार, १४ माघ २०७८

पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले स्थानीय तहको निर्वाचन सार्ने काम गरिए संविधानलाई नै समाप्त हुने चेतावनी दिएका छन् । पूर्वप्रधानन्यायाधीश पराजुलीले स्थानीय तहको निर्वाचन सार्नु भनेको सत्तारुढ गठबन्धन समेतलाई प्रत्युत्पादक हुने जिकिर गरे । 

स्थानीय तहको निर्वाचन सारिए विधिको शासन समाप्त हुने, संविधानवादको सिद्धान्त समाप्त हुने र अन्ततः डेमोक्रेटिक सिष्टमनै नरहने अवस्था आउने उनको जिकिर छ । 

 ‘निर्वाचन सार्ने भनेको यो गठबन्धनलाई पनि प्रत्युत्पादक हुन्छ । डेमोक्रेसीलाई पनि धावा बोल्छ । अर्को त्यतिमात्रै नभएर विधि र संविधानको उपहास गर्छ’, उनले भने, ‘ त्यसकारण मेरो प्रष्ट धारणा छ । साहसका साथ निर्वाचनमा जान सक्नु पर्छ ।’

उनले अगाडि भने, ‘चुनाव सारिए विधिको शासन समाप्त हुन्छ  संविधानवादको सिद्धान्तलाई समाप्त पार्छ । र, अन्ततः यो डेमोक्रेटिक सिष्टम जान्छ र जसले यो संविधान चाहेका छैनन् त्यस्ता तत्वहरुलाई ठूलो टेवा मिल्छ ।’

पूर्वप्रधानन्यायाधीश पराजुलीले स्तब्ध भएर बसेको न्यायालयलाई सूचारु गराउन उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग समेत गरे । उनले सो आयोगले अनुसन्धान गरेर, जाँचबुझ गरेर मात्रै न्यायालयलाई अगाडि बढाउन सक्ने तर्क गरे । उनले अदालतमा देखिएका समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना समेत गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप