आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

निजी र ट्याक्सी बाहेकका सवारी साधनमा जोर बिजोर हटाउन सिफारिस

शुक्रबार, १४ माघ २०७८, ०९ : ००
शुक्रबार, १४ माघ २०७८

कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले निजी र ट्याक्सी बाहेकका सार्वजनिक सवारी साधनबाट जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । शुक्रबार सीसीएमसीसीले ट्याक्सीबाहेकका सार्वजनिक सवारीको जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो ।

सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम बढेको भन्दै जोरबिजोर प्रणाली हटाउन मन्त्रिपरिषदलाई सिफारिस गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले रातोपाटीलाई जानकारी दिइन् ।

प्रवक्ता नेपालले भनिन् :‘सबै जिल्लालाई निर्देशन दिन नसकिने भएकाले मन्त्रिपरिषदमा सिफारिस गरेका हौं, जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएसी) ले आफैं पनि जोर–बिजोर हटाउन सक्छन् । अहिले ट्याक्सी र निजी बाहेकका सवारी साधनमा जोर बिजोर हटाउन सिफारिस गरेका छौ ।’  

सीसीएमसीसीले विद्यालय र विश्वविद्यालय भने माघ मसान्तसम्म भौतिक रुपमा सञ्चालन गर्न नपाउने तर भर्चुअल माध्यामबाट सञ्चालन गर्न सिफारिस गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप