बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पुरा होला त उषाको लगातार फिल्म खेल्ने इच्छा ?

शुक्रबार, १४ माघ २०७८, १८ : ४०
शुक्रबार, १४ माघ २०७८

एक समय फिल्म र रंगमञ्च दुबैमा सक्रिय थिइन् अभिनेत्री उषा रजक । विवाह बन्धनमा बाँधिएपछि श्रीमान्को साथमा कीर्गिस्थान उडेकी उनी फिल्मबाट बाहिर पनि रहिन् ।
‘इकु’, ‘कुसुमे रुमाल २’, ‘कथा’ लगायत फिल्म अभिनय गरेकी उषालाई फेरि फिल्ममा फर्काउने काम भने केही साता अगाडि रिलिज भएको ‘कठपुतली’ ले गर्यो । फिल्मका लागि उनले जागिर छोडेर नेपाल आइन् ।

अहिले उनको लगातार अभिनय गर्ने सोच रहेको छ । कलाकारहरु आर्थिक रुपमा पनि सबल हुन सक्ने अवस्था आएकाले अभिनयलाई निरन्तरता दिने उनको योजना छ । जुन फिल्मका लागि उनी कीर्गिस्थान छाडेर नेपाल आएकी थिइन्, त्यहीँ फिल्मले उनलाई सफलताको सुःख भने दिन सकेन । फिल्मले सोचेजस्तो ब्यवसाय नगरेपनि अभिनयबाट उनले राम्रो प्रसंसा र तारिफ पाइन् ।

फिल्म अभिनयबाट चर्चा मिलिरहेकै समय उनले ‘मिसेस नेपाल वल्र्ड २०२१’ को प्रतियोगितामा ‘मिसेस नेपाल इन्टरनेशनल’ को उपाधि समेत हात पारिन् । अब उनी सिंगापुरमा हुने ‘मिसेस इन्टरनेशनल’ मा सहभागिता जनाउने तरखरमा छिन् ।

‘मिसेस नेपाल इन्टरनेशनल’ सहभागी एक पटक हो । त्यसपछि उनको लगातार फिल्म खेल्ने इच्छा छ । केही अगाडि एक कार्यक्रममा पनि उनले सोही राखेकी थिइन् । फिल्म पाउन उनको इच्छाले मात्र हुँदैन निर्माता निर्देशकले पत्याउनु पर्ने हुन्छ । फिल्म लगातार हात परेको समय विदेशीकी उनलाई निर्माता निर्देशकले फेरि फिल्ममा पत्याउछन् वा पत्याउदैन । के फेरि फिल्ममा देखिन्छन् उषा ? यो भने भविष्यले बताउनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप