
आइतबारदेखि १० दिनसम्म राप्ती राजमार्ग दैनिक ७ घण्टा बन्द हुने

आइतबारदेखि राप्ती राजमार्ग दैनिक ७ घण्टा बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय दाङका इन्जिनियर रिकेश महर्जनका अनुसार राप्ती राजमार्ग अन्तर्गत चोरखोलादेखि कपुरकोटसम्मको साँघुरो सडकलाई फराकिलो पार्ने काम गर्नुपर्ने भएकाले दैनिक आंशिक रुपमा राजमार्ग बन्द गर्न लागिएको हो ।
उनले १० दिनसम्म दैनिक दुई चरणमा गरी जम्मा ७ घण्टा सडक बन्द गरिने जानकारी दिए । जसअनुसार बिहान ७ देखि ९ बजेसम्म र बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म १० दिन आवागमन बन्द गरिने उनले बताए ।
उक्त सडक स्तरोन्नतिको जिम्मा नान्जिला एण्ड आकांक्षा जेभीले लिएको छ । साथै अत्यावश्यक अवस्थामा एकतर्फी सवारी साधनका लागि पैयाँखोर–कपुरकोट डाइभर्सन प्रयोग गर्न सकिने पनि उनले जनाएका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ