शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन माग, नबढाइए चरणवद्ध आन्दोलनमा उत्रिने चेतावनी

शुक्रबार, १४ माघ २०७८, १६ : ३७
शुक्रबार, १४ माघ २०७८

केन्द्रीय दुग्ध सहकारी संघले तत्काल दूधको मूल्य वृद्धि गर्न सरकारसँग माग गरेको छ । शुक्रबार एक पेस विज्ञप्ति जारी गर्दै संघले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले वृद्धि गर्न सरकारसँग माग गरेको हो ।

विगत तीन वर्ष देखि दूधको मूल्य एउटै रहेको तर बजार महँगी बढेर आकाशिएसँगै किसानहरू गाई भैँसीलाई खुवाउने घाँसपात, पराल, दाना, चोकर समेत किन्न नसक्ने अवस्थामा पुगेको संघको भनाई छ । यसले किसानहरू पैसाबाटै पलायन हुने अवस्था आएको संघले बताएको छ ।

‘दूधको मूल्य वृद्धि नहुँदा किसानहरू मर्कामा पर्ने मात्र नभई आत्मनिर्भर हुने अवस्थाबाट समेत विमुख भई दूधको आयात बढ्ने देखिन्छ’ संघका महासचिव रामप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ । अब पनि मूल्य वृद्धि नभए चरणवद्ध आन्दोलनमा उत्रिने सोही विज्ञप्ति मार्फत संघले चेतावनी दिएको छ ।

हाल संघमा आवद्ध एक हजार ८ सय ७२ दुग्ध उत्पादक सहकारी संस्थाहरु गरी कुल ५ लाख कृषक आबद्ध छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप