उच्छृङ्खल गतिविधि गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारवाही गर्न जसपाको माग
सत्तारुढ जनता समाजवादी पार्टी नेपालले किसान आन्दोलनको नाममा सीके राउत नेतृत्वको जनमत पार्टीले उच्छृङ्खल गतिविधि गरेको भन्दै कारवाहीको माग गरेको छ ।
शुक्रबार जसपा नेपालका मधेस प्रदेश समितिका अध्यक्ष रामबाबु यादवले विज्ञप्ति जारी गर्दै आन्दोलनको आडमा राष्ट्रियसभा निर्वाचनका मतदाता प्रदेशसभा सदस्य एवं स्थानीय तहका प्रमुख तथा उपप्रमुखमाथि भएको सांघातिक आक्रमणको निन्दासमेत गरेका छन् ।
प्रदेश अध्यक्ष यादवले आक्रमणमा परी घाइते भएका जनप्रतिनिधिहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सो क्रममा भएका क्षतिको विवरण यकिन गरि पीडित पक्षलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराउनसमेत माग गरेका छन् ।
‘शान्तिपूर्ण आन्दोलनको नाममा जसपाका प्रदेशसभा सदस्य अशोक यादवसहितको जनप्रतिनिधिहरुमाथि सांघातिक आक्रमण गर्नु, सार्वजनिक सम्पत्तिमाथि क्षति पु¥याउनु जस्ता अराजक गतिविधिमा संलग्न जनमत पार्टीका नेता कार्यकर्ताहरुमाथि कडाभन्दा कडा कारबाही गराउन नेपाल सरकारसँग जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपी कोइरालाले शिलान्यास गर्ने तयारी गरेको सडक सञ्चालन गर्न दबाब दिन कांग्रेसको पदयात्रा
-
अपडेट : चीनमा भूकम्पबाट मृत्यु हुने संख्या ९५ पुग्यो, १३० जना घाइते
-
भूकम्पपछि चीनले गर्यो सगरमाथा क्षेत्र प्रवेश बन्द, नेपालले के गर्छ ?
-
भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति
-
शीर्ष नेताहरू संघीयताप्रति उदार बन्न सकेनन् : महामन्त्री थापा
-
राजधानीमा भएको आगलागीको घटनामा धनमाल जलेर नष्ट