शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विमानस्थल अध्यागमनमा लामो समय बसेका ९ जना कर्मचारीको सरुवा

शुक्रबार, १४ माघ २०७८, १६ : ०५
शुक्रबार, १४ माघ २०७८

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा लामो समय बसेका ९ जना कर्मचारीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । पुराना कर्मचारीलाई सरुवा गर्ने नीतिअनुसार शुक्रबार केही कर्मचारीलाई सरुवा गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणि पोखरेलले रातोपाटीलाई बताए ।

पर्यटक प्रवेशाज्ञा (भिजिट भिसा)मा मलेशिया र खाडी मुलुकमा यात्रु पठाउन मानव तस्करलाई सघाएको आरोप उनीहरुमाथि लागेको छ ।

विमानस्थल अध्यागमन कार्यालयबाट सरुवा गरिएका अधिकृतहरूमा पुष्पराज शर्मा, अच्युत केसी, नयन्द्र कुमार पौडेल, रामप्रसाद ओली, अबिलास राई, दिपककुमार आचार्य, हेमराज जोशी, मौसम ढुंगेल र यम बहादुर भट्टराई छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप