शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कञ्चनपुरको जनसङ्ख्या एक दशमलव ३२ प्रतिशतले वृद्धि

शुक्रबार, १४ माघ २०७८, १५ : ४०
शुक्रबार, १४ माघ २०७८

पछिल्लो १० वर्षमा कञ्चनपुरको जनसङ्ख्या एक दशमलव ३२ प्रतिशतले वृद्धि भएको छ ।  कञ्चनपुरको जनसङ्ख्या २०६८ सालभन्दा २०७८ मा एक दशमलव ३२ प्रतिशतले वृद्धि भएको हो । वि.सं २०६८ मा चार लाख ५१ हजार २४८ रहेको कञ्चनपुरको जनसङ्ख्या वि.सं २०७८ मा पाँच लाख १७ हजार ६४५ पुगेको केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना—२०७८ को प्रारम्भिक तथ्याङ्कले देखाएको छ । तीमध्ये दुई लाख ४३ हजार ५९८ पुरुष र दुई लाख ७४ हजार ४७ महिला रहेका छन् । 

राष्ट्रिय जनगणना—२०७८ को प्रारम्भिक तथ्याङ्कअनुसार कञ्चनपुरमा लैङ्गिक अनुपात ८८ दशमलव ८९ प्रतिशत रहेको छ भने परिवारको औसत आकार ४ दशमलव ६३ प्रतिशत, जनघनत्व ३२२ र अनुपस्थित जनसङ्ख्या ६६ हजार ७८ (३ दशमलव ०५) रहेको छ ।  सबैभन्दा बढी जनसङ्ख्या भीमदत्त नगरपालिकामा एक लाख २३ हजार ३१६ रहेको छ । तीमध्ये ५९ हजार ४०० पुरुष र ६३ हजार ९१६ महिला रहेका छन् । सबैभन्दा कम जनसङ्ख्या बेलडाँडी गाउँपालिकामा नौ हजार ९३९ पुरुष र १२ हजार १०२ महिला गरी कूल २२ हजार ४१ रहेको छ । 

यसैगरी कृष्णपुर नगरपालिकाको जनसङ्ख्या ७२ हजार ५०१ रहेको छ  । तीमध्ये ३४ हजार ३४७ पुरुष र ३८ हजार १५४ महिला रहेका छन्  । पुनर्वास नगरपालिकाको जनसङ्ख्या ६१ हजार ६२८ रहेको छ । तीमध्ये २८ हजार २८६ पुरुष र ३३ हजार ३४२  महिला रहेका छन् । बेदकोट नगरपालिकाको २७ हजार ५५ पुरुष र ३१ हजार १९५ महिला गरी कूल ५८ हजार २५० जनसङ्ख्या रहेको छ । 

शुक्लाफाँटा नगरपालिकाको जनसङ्ख्या ५४ हजार ३७९ पुगेको छ । तीमध्ये २४ हजार ९४८ पुरुष र २९ हजार ४३१ महिला रहेका छन् । बेलौरी नगरपालिकाको जनसङ्ख्या ५३ हजार ९१८ रहेको छ । तीमध्ये  २५ हजार ५२६ पुरुष र २८ हजार ३९२ महिला रहेका छन् । दोधारा चाँदनी नगरपालिकाको १९ हजार २५४ पुरुष र २४ हजार २३२ महिला गरी कूल ४३ हजार ४८६ जनसङ्ख्या पुगेको छ । लालझाडी गाउँपालिकाको जनसङ्ख्या २५ हजार २७१ पुगेको छ । तीमध्ये १२ हजार २८२ पुरुष र १२ हजार ९८९ महिला रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप