वडा कार्यालयबाटै ५३ लाख गायब प्रकरण : वडाध्यक्ष चोखिए, कर्मचारीमाथि भ्रष्टाचार मुद्दा
नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका–२ को वडा कार्यालयबाट ५३ लाख रुपैयाँ गायब पारिएको घटनामा वडा अध्यक्ष ध्रुवप्रसाद मिश्रले उन्मुक्ति पाएका छन् भने वडा सचिव र अन्य दुई कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा पञ्चकन्या गाउँपालिका–२ का वडा सचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रविरुद्ध मुद्दा दायर गरेको हो । सो घटनामा वडाध्यक्ष मिश्रमाथि पनि निष्पक्ष छानबिनको माग हुँदै आएको थियो ।
गत चैत २४ गते रातको समयमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न भनी ल्याएको रकम र विभिन्न शीर्षकबाट उठेको राजस्व रकम सो वडा कार्यालयबाट शंकास्पद रुपमा हराएको थियो । उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरी पाउँ भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसबारे छानबिन गरेको थियो । आयोगका अनुसार वडा सचिव सरिता राउतले र कार्यालय सहायक रामकुमार गिरीले रकम बैंकबाट लिएर आएको र सो रकमलाई वडा सचिव राउत, कार्यालय सहायक गिरी र कार्यालय सहयोगी मिश्रको रोहवरमा कार्यालयकै दराजमा राखिएको पाइएको अख्तियारले जनाएको छ ।
दराजको सेफको चाबी सरिता राउत र रामकुमार गिरीसँग रहेको एवं ढोकाको चाबी निलप्रसाद मिश्रले बोकेको साथै घटनापश्चात कुनै पनि चाबी लगाएको ठाँउमा तोडफोड भएको नदेखिएको, सुरक्षा निकायलाई जानकारी नगराएको साथै सुरक्षाको लागि समन्वयसमेत नगरेको देखिएको आयोगको भनाइ छ । उनीहरुले वडा कार्यालयमा रकम राखी घर गएको तर, भोलिपल्ट सो रकम कार्यालयको दराजबाट गायब भएको हुँदा सचिव सरिता राउत, कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रले नेपाल सरकारको सम्पत्तिको बदनियत गरी हानीनोक्सानी गरेको ठहरसहित आयोगले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा ५३ लाख एक हजार आठ सय ५६ रुपैयाँ बिगो कायम गरी उक्त रकम तीनै जनाबाट असुल उपर गराउन तथा कानुन अनुसार थप सजाय माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण