मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस केन्द्रीय समितिको भर्चुअल बैठक, सभापति देउवा सानेपामा

शुक्रबार, १४ माघ २०७८, १५ : ११
शुक्रबार, १४ माघ २०७८

नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । शुक्रबार दिउँसो तीन बजेपछि भर्चुअल माध्यमबाट बैठक सुरु भएको हो । बैठक भर्चुअल भएपनि सभापति शेरबहादुर देउवाले पार्टी कार्यालय सानेपा पुगेर बैठकको अध्यक्षता गरेका छन् ।

यस्तै उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा लगायतका पदाधिकारी पनि सानेपाबाट बैठकमा जोडिएका छन् ।

सभापति देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्यका लागि छनोट गरेको नेताको नाम बैठकमा राख्ने छ । कार्यसम्पादन समितिमा पदाधिकारी पदेन सदस्य हुने व्यवस्था भने सभापति देउवा बाँकी सदस्यको नाम प्रस्ताव गर्ने बुझिएको छ ।

३१ सदस्य प्रस्ताव गर्नुपर्नेमा आज देउवाले केही पछि थप्ने गरी कार्यसम्पादन समिति सदस्यको नाम प्रस्ताव गर्ने नेता प्रकाशशरण महतले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप