काँग्रेस केन्द्रीय समितिको भर्चुअल बैठक, सभापति देउवा सानेपामा
शुक्रबार, १४ माघ २०७८, १५ : ११
नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । शुक्रबार दिउँसो तीन बजेपछि भर्चुअल माध्यमबाट बैठक सुरु भएको हो । बैठक भर्चुअल भएपनि सभापति शेरबहादुर देउवाले पार्टी कार्यालय सानेपा पुगेर बैठकको अध्यक्षता गरेका छन् ।
यस्तै उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा लगायतका पदाधिकारी पनि सानेपाबाट बैठकमा जोडिएका छन् ।
सभापति देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्यका लागि छनोट गरेको नेताको नाम बैठकमा राख्ने छ । कार्यसम्पादन समितिमा पदाधिकारी पदेन सदस्य हुने व्यवस्था भने सभापति देउवा बाँकी सदस्यको नाम प्रस्ताव गर्ने बुझिएको छ ।
३१ सदस्य प्रस्ताव गर्नुपर्नेमा आज देउवाले केही पछि थप्ने गरी कार्यसम्पादन समिति सदस्यको नाम प्रस्ताव गर्ने नेता प्रकाशशरण महतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण