विदेशमा बसेर नेपालमा महिलासँग ब्ल्याकमेल गर्ने युवक पक्राउ

विदेशमा बस्दा सामाजिक संजाल फेसबुकमार्फत चिनजान गरेर ब्ल्याकमेल गर्ने युवक वैदेशीक रोजगारीबाट फर्किने क्रममा पक्राउ परेका छन् ।
कास्कीको रुपा गाउँपालिका वडा नम्बर–७ सिस्नेरी घर भएका ३१ वर्षीय मुक्ति खनाल उर्फ मुक्तिनाथलाई पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता नविन्द अर्यालले रातोपाटीलाई बताए । साउदी अरबबाट फर्केका खनाललाई शुक्रवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ब्यूरोको टोलीले पक्राउ गरेको हो ।
कास्की घर भएकी महिलासँग फेसबुक मार्फत चिनजान गरेका खनालले भिडियो कुराकानी गर्ने गर्थे । भिडियोमा कुरा गर्दा महिलाको फोटो स्क्रिनसट गरेर राख्थे । कुरा हुँदै जाँदा महिलालाई नग्न अवस्थामा कुरा गर्न बाध्य बनाएर उनले भिडियो क्याप्चर गरेको र सो भिडियो देखाएर ब्ल्याकमेल गरेको ब्यूरोको अनुसन्धानबाट थाहा भएको छ ।
लगातार नांगो भएर कुरा गर्न आग्रह गरेको र महिलाले नमानेपछि उनले भिडियो परिवारका सदस्यको म्यासेन्जरमा पठाएका थिए । त्यसपछि ति महिला ब्यूरोमा पुगेकी थिइन् ।
एकवर्ष अघि ब्यूरोले उनलाई फरार कामय गरेर मुद्दा अघि बढाएकोे थियो । अहिले नेपाल आउन लागेको सूचनाको आधारमा पक्राउ गरिएको एसएसपी अर्यालले जानकारी दिए । आरोपीलाई जिल्ला अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिराज भट्ट ‘राम नाम सत्य’ मा अनुबन्ध
-
अमेरिकामा हेलिकप्टर दुर्घटना, ३ जनाको मृत्यु
-
हाम्रो कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको छैन : विद्युत प्राधिकरण
-
प्रहरी स्टाफ कलेजविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा
-
‘पाकिस्तानसँग हार्ने डरले शारजहाँबाट खेल छोडेर भागेको बिर्सनुभयो ?’
-
अतिरिक्त भन्सार महसुलको चिन्ताले अमेरिका र एशियामा शेयर बजार चौपट