नेपाल लाइफ इन्स्योरेन्सलाई १० हजार जरिवाना
नेपाल लाइफ इन्स्योरेन्सलाई बीमा समितिले कारबाही गरेको छ । ऐन विपरित कम्पनीले सहायक महाप्रबन्धकको नियुक्ति गरेको भन्दै समितिले १० हजार रुपैयाँ जरिवाना गरेको हो । कम्पनीले केही दिनअघि अमितकुमार कयाललाई सहायक महाप्रबन्धकमा नियुक्ति दिएको थियो ।
तर, समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा ३१ को उपदफा (१) र (२) मा तोकिएको व्यवस्था बमोजिम नभएर कम्पनीले अनुभव नपुगेका कयाललाई सहायक महाप्रबन्धकमा नियुक्ति दिएको भन्दै समितिले शुक्रबार इन्स्योरेन्सलाई १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।
नेपाल लाइफ इन्स्योरेन्सले बीमा समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका, २०७५ बमोजिमको योग्यता नभएको व्यक्तिलाई सहायक महाप्रबन्धकमा नियुक्त गरेको भन्ने उजूरी समितिमा प्राप्त भएपश्चात् त्यस सम्बन्धमा उक्त कम्पनीबाट आवश्यक प्रतिवेदन/विवरण झिकाई अध्ययन गर्दा सो कम्पनीले समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका अमितकुमार कयाललाई सहायक महाप्रबन्धक पदमा नियुक्त गरी समितिबाट जारी निर्देशिकाको जानाजान उल्लङ्घन गरेको देखिएपछि कम्पनी माथि कारबाही गरिएको बीमा समितिले जानकारी दिएको छ ।
बीमा समितिबाट जारी संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०७५ को दफा १४ को उपदफा (९) मा भएको व्यवस्था बमोजिम एउटा समिति तथा उपसमितिमा संयोजक रहेको सञ्चालक अर्को समिति वा उपसमितिमा संयोजक हुन पाउँदैन ।
तर, नेपाल लाइफ इन्स्योरेन्सका विभिन्न १४ वटा समिति/उपसमितिहरुमध्ये सञ्चालक समितिका सदस्य कमलेशकुमार अग्रवाल ८ वटा र विमल ढकाल ३ वटा समिति/उपसमितिहरूमा संयोजक रही समितिबाट जारी निर्देशनको जानी जानी उल्लङ्घन गरेको बीमा समितिको दाबी छ ।
सोही कारण कम्पनीलाई बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम १० हजार रुपियाँ जरिवाना गर्ने निर्णय गरिएको समितिले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेलाई समर्थन नगर्न माओवादीको निर्देशन
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
प्रधानमन्त्रीसँग ८७ जना चीन भ्रमणमा जाने
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना
-
प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत
-
महेन्द्र राजमार्गको कमला–कञ्चनपुर चिनियाँ कम्पनीले अवैध उत्खनन गरेको भन्दै सर्वोच्चमा रिट