बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुन्दरहरैचा सामूहिक बलात्कार : थप २ जना पक्राउ

शुक्रबार, १४ माघ २०७८, १३ : ४४
शुक्रबार, १४ माघ २०७८

मोरङको सुन्दरहरैचा नगरपालिका–४ बलियास्थित होटलमा बन्धक बनाएर ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ । माघ ८ मा बलियास्थित श्रेष्ठ होटल एण्ड फेमेली लजमा ३ जनाले सामूहिक बलात्कार गरेका थिए । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले होटल सञ्चालक ३६ वर्षीय अर्जुन श्रेष्ठलाई यसअघि नै पक्राउ गरेको थियो ।

मंगलबार थप दुईजनालाई पक्राउ गरिएको मोरङका एसपी जनार्दन जिसीले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा २५ वर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर नगरपालिका–३ का २५ वर्षीय रामवहादुर नेपाली भनिने सुधान्सु दर्जी छन् ।

इटहरीबाट बहिनीको घर गछिया जाँदै गरेकी महिलालाई ३ आरोपीहरुले ‘बहिनीको घरमा छाडिदिन्छौं’ भनेर प्रदेश–२–०१–००१ च २२७ नम्बरको गाडीमा राखेर ‘श्रेष्ठ होटल एण्ड फेमिली लज’मा लगेका थिए । सो होटलमा उनीहरुले बलात्कार गरेको प्रहरीको भनाई छ ।

रामबहादुर नेपालीलाई  मंगलबार ईलाम सूर्योदय नगरपालिका–१२ तिनघरेमा लुकीछिपी बसेको अवस्थामा प्रदेश–१  प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले पक्राउ गरेको हो । आरोपीहरुबिरुद्ध जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप