अस्ट्रेलियन ओपन : नाडाल कीर्तिमानी ग्रान्ड स्लामको उपाधि नजिक

कीर्तिमानी २१ औं पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेका स्पेनिस राफेल नाडाल अस्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा नाडालले माटेओ बेरेटिनीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेका हुन् ।
सुरुआती दुई सेट क्रमशः ६–३ ६–२ ले सहजै जितेका नाडालले तेस्रो सेट ३६ ले गुमाएका थिए । चौथो सेटमा भने नाडालले ६–३ को सहज जित निकाल्दै फाइनलमा स्थान बनाएका हुन् ।
नाडालले क्वार्टरफाइनलमा क्यानडाका डेनिस सापोभालोभमाथि रोमाञ्चक जित हात पार्दै सेमिफाइनलमा स्थान बनाएका थिए भने बेरेटिनीले गेल मोन्फिल्सलाई पराजित गर्दै नाडालसँगको सेमिफाइनल भेट पक्का गरेका थिए ।
दोस्रो सेमिफाइनल विश्व नम्बर दुई ड्यानियल मेड्भेडेभ र विश्व वरीयताको चौथो स्थानका स्टेफानोस सित्सिपासबीच हुनेछ । नाडालसँगै रोजर फेडेरर र नोभाक जोकोभिचले समान २० पटक ग्रान्डस्लाम जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी