शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्यसँँग गहनाको सम्बन्ध : क्रिस्टल र जेमस्टोनले बनेका गहनाको बिक्रीमा दोब्बरको वृद्धि

शुक्रबार, १४ माघ २०७८, १२ : ५८
शुक्रबार, १४ माघ २०७८

क्रिस्टल र जेमस्टोनका गहनाको कारोबारमा गत डेढ देखि २ वर्षमा ठूलो उछाल  आएको पाइएको छ । ‘म विगत १८ वर्षदेखि यो उद्योगसँग जोडिँदै आएको छु । तर यस्तो कहिले भएन,’ लस एन्जलसका गहना डिजाइनर ज्याकी आइसले बताए ।  उनका अनुसार २०२० को पहिलो अर्ध वार्षिक अवधिमा यी स्टोनबाट  बनेका गहनाको बिक्री दुई गुणासम्म बढेको छ । माग अझै धेरै छ ।

आइससँग १ लाख ४० हजारदेखि ३० लाख ४० हजार रुपैयाँसम्मको क्रिस्टल छ । विज्ञहरुका अनुसार विश्वभरीका मानिस आफ्नो सुस्वास्थ्यका लागि प्रयास गरिरहेका छन् । यसका लागि क्रिस्टल, रक क्रिस्टलका साथै जेम स्टोन गहनमा पनि मानिसले विश्वास गरिरहेका छन् ।

क्रिस्टल  प्रयोग गर्ने मान्यता

भिन्टेज र  कन्टेम्पोररी गहनामा चर्चित फ्रल लीटन एन्ड क्वेटमा प्रमुख क्रियटिभ अधिकारी रेबेका सेल्वा भन्छिन्, ‘दुःखको समयमा हामी उपचारको प्रचलित तरिका र हिलिङ पावरतर्फ आशा राख्छौँ । शताब्दीदेखि स्टोनमा उपचार र सकाराकत्मकताको गुण हुन्छ भन्ने मान्यता रहँदै आएको छ । कयौ गहना डिजाइन र निर्माताले यसको फाइदा देखेका पनि छन् ।

फिलिप्स बिक्रीका प्रमुख पायने थोमियिर भन्छिन्, ‘रक क्रिस्टल ज्वेलरीको उदाहरण मेसोपोटामियाको सभ्यतासँग मिल्छ । यो क्रिस्टलले रक्षासमेत गर्ने मान्यता राखिन्छ । यसै मानसिकताबाट पूर्व कोलम्बियाका मानिस यसको प्रयोग गर्दथे । आज पनि यो मान्यता रहँदै आएको छ ।

गहना होइन उर्जाः

महामारीमा न्यूयोर्कमा हाइ एन्ड ज्वेलरीका डिजाइनर एना खुरी आफ्नो देश ब्राजिल फर्किएकी थिइन् । यो अवधिमा उनले रोजवुड र क्रिस्टलको सहयोगबाट इनोभेटिभ गहना बनाइन् ।

सोदभी ग्यालरीमा भएको प्रदर्शनीमा उनको गुलावी स्फटिकले बनेको ह्यान्ड ब्याग, सेतो हिरा, गुलाबी स्फटिक र क्रिस्टबाट बनेको सुनको हार विशेष मन पराइएको थियो ।

विगत ४ दशकदेखि फिल गुड गहनाको कारोबारसँग जोडिएका टेम्पल सेन्टका प्रमुख सेन्ट क्लेयर भन्छिन्, ‘मानिस एक सम्बन्धको खोजीमा रहेका हुन्छन् । सार्थक वस्तु चाहन्छन् । आइस पनि यस्तै चाहन्छिन्,’ उनी भन्छिन्, ‘हामी गहना होइन स्वास्थ्य बिक्री गरिरहेका छौँ । मानिसले यस्तो वस्तुको खोजी गरिरहेका हुन्छन् जोसँग जोडिएर राम्रो महसुस गर्न सकियोस् । यसमा हामी  उनीहरुलाई सहयोग गरिरहेका छौँ ।’

हिलिङ गहनामा हिराबाट बनेको हार, स्फटिक, नीलम र पुखराज जोड्न माग राखिन्छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप