शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगर एयरपोर्टका ट्याक्सीमा मेगा बैंकको ‘क्यूआर’ कोडबाट भुक्तानी सुविधा

शुक्रबार, १४ माघ २०७८, १२ : ५२
शुक्रबार, १४ माघ २०७८

मेगा बैंक नेपालले विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरूमा ‘क्यूआर’ कोड भुक्तानी प्रविधिबाट भाडा भुक्तानी सेवा सुरु गरेको छ । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालय प्रमुख निर्देशक मीना पाण्डेले एयरपोर्ट ट्याक्सी प्रबर्द्धन केन्द्रसँग आबद्ध ट्याक्सीका चालकहरुलाई एक कार्यक्रमबीच क्यूआर कोड हस्तान्तरण गरेकी थिइन् । 

कार्यक्रममा नेपाल राष्ट्र बैंक विराटनगरका उपनिर्देशक लक्ष्मीप्रसाद तिमल्सिनाको पनि उपस्थिति थियो । यो सुविधाबाट एयरपोर्टमा आवतजावत गर्ने यात्रुहरुलाई नगदै भाडा तिर्नुपर्ने झन्झटबाट राहत मिल्ने मेगा बैंकको विश्वास छ । 
एयरपोर्ट ट्याक्सी प्रबद्र्धन केन्द्रसँग समन्वय गरेर विराटनगर एयरपोर्टलाई डिजिटलाइज्ड गर्ने तथा यात्रुलाई डिजिटल पेमेन्टमा सहजता पुर्याउने उद्देश्यले ट्याक्सीमा क्यूआर कोड वितरण गरिएको मेगा बैंकका प्रबन्धक विनोदराज थापाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप