शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रुसको पूर्ण ग्यास आपूर्ति बन्द युरोपका लागि महामारी

शुक्रबार, १४ माघ २०७८, १२ : २६
शुक्रबार, १४ माघ २०७८

अमेरिका र उसका गठबन्धनहरुले रुसी ग्यास आपूर्ति बन्द भएमा त्यसको आपतकालीन योजना बारे सोचिरहेका छन् । रुसी ग्यास, व्यापार र युरोपका घरहरुको न्यानोका लागि महत्वपूर्ण रहँदै आएको छ । युक्रेनसँगको तनावको समयमा  यो आपूर्ति बन्द हुने अवस्थामा पनि पुग्न सक्छ ।

रुसी ग्यासबिना यूरोप टिक्नका लागि समेत संघर्ष गर्नुपर्ने हुन्छ र यसको वैकल्पिक स्रोतले ठूलो लजिस्टिक चुनौती दिन सक्छ ।

‘यहाँ वास्तवमै छिटो र सहज विकल्प छैन,’ जर्मन इन्सटिच्यूट फर इन्टरनेशनल एन्ट सेक्यूरिटी अफेयर्समा पूर्वी यूरोपका विज्ञ जानिस क्लूगले भने ।

यसै साता  ह्वाइट हाउसका वरिष्ठअधिकारीले भने, ‘उनीहरुले विभिन्न देश र कम्पनीहरुलाई उत्पादन बढाउने विषयमा कुराकानी गरिरहेका छन् ।

उनीहरुले प्राकृतिक ग्यासको वैकल्पिक स्रोतको पहिचान गरिरहेका छन् र यो पुनः युरोपमा पठाउन सकिने छ ।’

यस किसिमको योजनालाई कार्यान्वयनमा ल्याउनाले यो चलाखीपूर्ण हुन सक्छ । नयाँ पाइपलाइन र ग्यासको तरलीकरण बनाउन वर्षौँ लाग्न सक्छ । तर यसका लागि पर्याप्त समय र ठाउँ छैन ।

यसका साथै, यूरोपमा उर्जाको आपूर्ति पहिले नै प्रमुख अवरोधको रुपमा रहँदै आएको छ । न्यून मौज्दात र ऐतिहासिक उच्च मूल्य महिनौँसम्म पनि डरको विषय बन्दै आएको छ । यदि चिसो मौसम बेमौसमी रुपमा धेरै चिसो भयो भने युरोपका देशहरुले संघर्षरत उपभोक्ता र बिजनेसलाई थप बढी सहयोग गर्नुपर्ने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप