
ई–सेवा मनी ट्रान्सफर र कतारको युनिमोनी एक्सचेन्जबीच सम्झौता

ई–सेवा मनी ट्रान्सफरले कतारको रेमिट्यान्स कम्पनी युनिमोनीसँग रेमियान्स भुक्तानी सम्झौता गरेको छ । यस सम्झौतासँगै कतारमा रहेका नेपालीहरुले युनिमोनी मार्फत नेपाल पैसा पठाउन सक्नेछन् । युनिमोनीका कतारमा भएका ९ वटा शाखाबाट नेपालका ६० भन्दा धेरै बैंकमा वा इवा वालेटमा तत्काल रकम पठाउन सकिन्छ ।
त्यस्तै, युनिमोनी हुँदै कतारबाट पठाएको नगद रेमिट्यान्स नेपालभरी रहेका इवा मनी ट्रान्सफरका १० हजारभन्दा बढी रकम भुक्तानी केन्द्रबाट तुरुन्तै प्राप्त गर्न सकिन्छ । पठाएको नगद रेमिट्यान्स भुक्तानी केन्द्रमा नगइ सोझै ई–सेवा वालेटमा प्राप्त गरी अतिरिक्त रु. ७७ बोनस समेत प्राप्त गर्नसमेत सकिने कम्पनीले जनाएको छ ।
यस सम्झौताबारे ई–सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले भने, ‘ई–सेवा मनी ट्रान्सफर र युनिमोनीबीचको यस सम्झौताले कतारबाट नेपाल रेमिट्यान्स भुक्तानी सेवालाई थप सहजता प्रदान गरेको छ, यसले कतारमा रहेका नेपाली कामदारलाई नेपाल पैसा पठाउन एउटा प्रभावकारी माध्यम थपिएको छ ।’
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ