बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

माधवनारायण व्रत : साष्टाङ्ग प्रणाम गर्दै परिक्रमा (फोटोफिचर)

शुक्रबार, १४ माघ २०७८, ११ : २८
शुक्रबार, १४ माघ २०७८

काठमाडौंको उत्तरपूर्वी साँखुमा एक महिनासम्म चल्ने माधव नारायण श्री स्वस्थानी शालीनदी मेला अन्तरगत शुक्रबार व्रतालुले  हनुमानघाट त्रिवेणीदेखि टौमरीसम्म साष्टांग प्रणाम गर्दै परिक्रमा गरेका छन् ।  एक महिना लामो व्रतको परम्परा अनुसार उनीहरूले परिक्रमा गरेका हुन् ।

शालीनदीमा माधवनारायण व्रत बसेका व्रतालुले परदेश यात्रा समेत गर्ने गर्छन्। परदेश यात्राका क्रममा व्रतालु खाली गोडा हिँडेरै जानुपर्ने नियम छ । जसअनुसार व्रतालु शालिनदीबाट बज्रयोगिनी ढोकासम्म अष्ठाङ्ग दण्डवत गर्दै  जान्छन् । यस्तै साँघुबाट व्रतालु बज्रयोगिनी हुँदै पशुपति जाने गर्छन् भने पशुपतिबाट फेरि फर्पिङ बास बस्न पुग्छन्। त्यसको भोलिपल्ट उनीहरु साँखु पुगेर त्यहाँबाट फेरि पनौती बास बस्न पुग्ने प्रचलन छ । पनौतीबाट फेरि साँखु बास बस्ने गरी व्रतालु फर्कनेछन् । यसरी विभिन्न मितिमा उनीहरु साँखु आसपासको क्षेत्रमा परदेश यात्रा गरेर ब्रत पुरा गर्छन् । 

माघ ३ गतेदेखि सुरु भएको मेला माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप