माधवनारायण व्रत : साष्टाङ्ग प्रणाम गर्दै परिक्रमा (फोटोफिचर)
काठमाडौंको उत्तरपूर्वी साँखुमा एक महिनासम्म चल्ने माधव नारायण श्री स्वस्थानी शालीनदी मेला अन्तरगत शुक्रबार व्रतालुले हनुमानघाट त्रिवेणीदेखि टौमरीसम्म साष्टांग प्रणाम गर्दै परिक्रमा गरेका छन् । एक महिना लामो व्रतको परम्परा अनुसार उनीहरूले परिक्रमा गरेका हुन् ।
शालीनदीमा माधवनारायण व्रत बसेका व्रतालुले परदेश यात्रा समेत गर्ने गर्छन्। परदेश यात्राका क्रममा व्रतालु खाली गोडा हिँडेरै जानुपर्ने नियम छ । जसअनुसार व्रतालु शालिनदीबाट बज्रयोगिनी ढोकासम्म अष्ठाङ्ग दण्डवत गर्दै जान्छन् । यस्तै साँघुबाट व्रतालु बज्रयोगिनी हुँदै पशुपति जाने गर्छन् भने पशुपतिबाट फेरि फर्पिङ बास बस्न पुग्छन्। त्यसको भोलिपल्ट उनीहरु साँखु पुगेर त्यहाँबाट फेरि पनौती बास बस्न पुग्ने प्रचलन छ । पनौतीबाट फेरि साँखु बास बस्ने गरी व्रतालु फर्कनेछन् । यसरी विभिन्न मितिमा उनीहरु साँखु आसपासको क्षेत्रमा परदेश यात्रा गरेर ब्रत पुरा गर्छन् ।
माघ ३ गतेदेखि सुरु भएको मेला माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने छ ।



























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण