
ओलीलाई संकेत गर्दै विश्वप्रकाशले भने–नागरिकको जीवनमा गम्भीर खेलबाड !

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोभिड १९ पुष्टि भएपछि आइसोलेसनमा नबस्नु नागरिकको जीवनप्रति गम्भिर खेलबाड भएको बताएका छन् ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै महामन्त्री शर्माले संक्रमण पुष्टिपछि ‘आइसोलेसन’मा बस्नु हामी सवैको जिम्मेवारी भएको समेत बताएका छन् । कसैको नाम नलिइ शर्माले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘संक्रमण पुष्टिपछि आइसोलेसनमा बस्नु हामी हरेकको जिम्मेवारी हो । पालना नगर्नु बहादुरी होइन गैह्र जिम्मेवारीको पराकाष्ठा, कानूनको उलंघन र अन्य नागरिकको जीवनप्रति गम्भीर खेलबाड समेत हो !’
एमाले अध्यक्ष केपी शर्मा ओली दुई दिनअघि कोरोना पोजेटिभ भएकै बेला सार्वजनिक कार्यक्रममा सहभागी भएको भिडियो सार्वजनिक भएको थियो । त्यसपछि ओलीको उक्त कदमको चर्को आलोचना भएको थियो । उनले सोही यहि ज्ञान र बिज्ञान आत्मसात गरेर, संक्रमणपछि आफु पूर्ण आइसोलेसनमा बसेर, बल्ल सांगठनिक काममा फर्केको जानकारी गराएका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ