जाल्पा लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्दै
जाल्पा लघुवित्त वित्तीय संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । लघुवित्तले यहीँ माघ २१ गतेदेखि माग २५ गतेसम्म कुल ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आइपीओ जारी गर्ने भएको हो ।
जसमध्ये लघुवित्तले ८ हजार कित्ता सेयर संस्थाकै कर्मचारीहरुका लागि छुट्याएको छ भने २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ४ लाख ८७ हजार ९०० कित्ताका भने सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइने लघुवित्तले जनाएको छ ।
माघ २५ गतेसम्म आवेदन दिन सकिने यस लघुवित्तको आईपीओमा तोकिएको समयसम्ममा प्रयाप्त आवेदन नपरेमा फागुन ६ गतेसम्म आवेदन खुल्ल गरिने कम्पनीले बताएको छ । एक सय रुपैयाँ अंकित लघुवित्तको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २२० कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुसमै पाक्यो ‘चैते काफल’, जलवायु परिवर्तनको असर
-
बिहीबार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
खुल्नै सक्दैनन् एचआइभी सङ्क्रमित
-
आर्सनल फेरि दोस्रो स्थानमा फर्कियो
-
अमेरिकी डलरको मूल्य घटयो, कस्तो छ अन्य विदेशी मुद्राको भाउ ?
-
इजरायल र हमासले छोडे १५ महिना लामो युद्ध, आइतबारदेखि पूर्ण युद्धविराम लागू हुने