शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भोजपुरमा ब्राउन सुगरसहित दुई ट्रक चालक पक्राउ

शुक्रबार, १४ माघ २०७८, १० : ४४
शुक्रबार, १४ माघ २०७८

जिल्ला प्रहरी कार्यालयले खैरो हेरोइन (ब्राउन सुगर)सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले दुई मालबाहक ट्रकमा खैरो हेरोइन भेटिएपछि दुवै चालकलाई नियन्त्रणमा लिएको हो । 

सदरमुकाम नजिकैको दुम्सिकास्थित को १ ख ६२३२ र ना ६ ख ७४७८ नंको ट्रकमा ब्राउन सुगर लुकाएर लग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुनकुमार अधिकारीले बताए ।

उनीहरूका साथबाट करिब दुई ग्राम एक मिलीग्राम ब्राउन सुगर र रु ८३ हजार ६०० नगद बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ट्रक चालक धनकुटा नगरपालिका घर भई मोरङ केराबारी बस्दै आएका २९ वर्षीय सुमन तामाङ र स्खुवासभा धर्मदेवी नगरपालिका–५ बस्ने ३७ वर्षीय दलबहादुर मगर रहेका छन् । नियन्त्रणमा लिइएका दुवै ट्रक भोजपुरबाट धरान जाँदै गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप