शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ब्रा र भगवानबारे विवादित बयान दिएर फसिन् श्वेता तिवारी, एफआइआर दर्ता

शुक्रबार, १४ माघ २०७८, १० : ०९
शुक्रबार, १४ माघ २०७८

टिभी अभिनेत्री श्वेता तिवारी नयाँ समस्यामा फसेकी छिन् । ‘मेरो ब्राको साइज भगवानले लिइरहेका छन्,’ यो विवादित बयान दिँदा श्वेता तिवारीमाथि एफआईआर दर्ता भएको छ । भोपालको श्यामला हिल्स पुलिस स्टेशनमा श्वेता तिवारीविरुद्ध एफआईआर दर्ता भएको हो । श्वेताले यस्तो बयान दिएर धार्मिक भावनालाई आहत पुर्याएको आरोप लागेको छ । 

के हो पूरा विवाद ?

भापालमा आफ्नो आउँदो वेब सिरिजको लञ्च इभेन्टमा स्टारकास्टसँग पुगेकी श्वेता तिवारीले ठट्टा गर्दा गर्दै विवादित बयान दिएकी थिइन् । श्वेताले हास्दै भनेकी थिइन्, ‘मेरो ब्राको साइज भगवानले लिइरहेका छन् ।’ श्वेताको यो बयान हेर्दाहेर्दै भाइरल भयो । राजनीतिक क्षेत्रमा पनि श्वेताको यो बयानको चर्चा हुन थाल्यो । मध्यप्रदेशका गृहमन्त्री डाक्टर नरोत्तम मिश्राले श्वेताको बयानको विरोध गरेका थिए । उनले नायिकाविरुद्ध एक्सन लिइने बताएकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप