शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेपत्ता ९१ वर्षीया वृद्धाको शव १० दिनपछि जंगलमा भेटियो

शुक्रबार, १४ माघ २०७८, १० : ०६
शुक्रबार, १४ माघ २०७८

दश दिनदेखि घरबाट बेपत्ता भएकी पाल्पाकी एक वृद्धा महिलाको शव पाल्पाको जंगलदेखि तल भिरमा बिहीवार साँझ फेला परेको छ ।

जिल्लाको रामपुर नगरपालिका–१० वर्दलेकी ९१ वर्षीया वृद्धा धर्मकुमारी न्यौपानेको शव सोही वडाको जलबिरे सामुदायिक बनको भिरदेखि तल करिव ३ सय मिटर दुरीमा फेला परेको हो ।

माघ ३ गतेदेखि  घरबाट बेपत्ता भएकी उनको खोज तलास गर्ने क्रममा उक्त भिरमा बिहीवार साँझ ४ बजे शव फेला पारिएको प्रहरीले जानकारी दिएको छ । उक्त घटनाको थप अनुसन्धान भइरहेको पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप