मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

एप्पलको बिक्रीमा वृद्धि, अनुमान गलत साबित

शुक्रबार, १४ माघ २०७८, ०९ : ४०
शुक्रबार, १४ माघ २०७८

माइक्रोचिप्सको विश्वव्यापी स्तरमा कमी हुँदाहुँदै पनि क्रिसमसका बेला एप्पलको बिक्रीमा वृद्धि भएको छ । 

सबै अनुमान गलत बताउँदै अक्टोबरदेखि डिसेम्बरका बीच एप्पलको बिक्री ११ प्रतिशत बढेर १२३.९ अर्ब डलर भएको छ । 

बजार बन्द भएका कारण व्यापारमा कम्पनीको शेयरमा चार प्रतिशतको वृद्धि भएको छ किनभने रिपोर्टमा बताइए अनुसार कम्पनीले पाएको यो बढोत्तरी जारी रहनेछ । 

कोरोना महामारीका बेला मानिस धेरै समय अनलाइन नै बसेका कारण एप्पलको बिक्री बढेको हो । 

विशेषज्ञले अघिल्लो वर्ष विश्वव्यापी स्तरमा माइक्रोचिप्सको कमीका कारण एप्पलको विक्री प्रभावित हुनसक्ने चेतावनी दिएका थिए । 

तर बिहिबार कम्पनीले आफ्ना लगानीकर्तालाई त्रैमासिक आँकडाको जानकारी दियो जसबाट यो थाहा हुन्छ कि कम्पनी यो संकटबाट बच्न सफल भएको  छ । 

विशेषज्ञले आइप्याडको बिक्री सबैभन्दा बढी प्रभावित हुने अनुमान लगाएका थिए र यसै उत्पादनको बिक्रीमा १४ प्रतिशतको कमी आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप