बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा २४ घण्टामा नयाँ संक्रमितमा १३ प्रतिशतको कमी, ६२४ को मृत्यु

शुक्रबार, १४ माघ २०७८, ०९ : १६
शुक्रबार, १४ माघ २०७८

भारतमा बिहिबार २ लाख ४८ हजार ६५३ नयाँ संक्रमित भेटिएका छन् । यतिबेला ३.८ लाख निको पनि भएका छन् जबकी ६२४ जनाको मृत्यु भएको छ । यसअघि बुधबार २,८६,३८४ जना संक्रमित भेटिएका थिए र ५७३ जनाको मृत्यु भएको थियो । अघिल्लो दिनको तुलनामा ३७,७३१ कम संक्रमित भेटिएका छन् अर्थात् नयाँ संक्रमितमा १३ प्रतिशतको कमी देखिएको छ । 

हाल भारतमा सक्रिय संक्रमितको संख्या २०.९७ लाख छ । महामारीको सुरुवातदेखि अहिलेसम्म देशमा करिब ४.०६ करोड जना संक्रमणको चपेटामा आइसकेका छन् । 

यसैबीच ८ राज्यमा कोरोनाको स्थितिबारे केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख मन्डावियाले समीक्षा बैठक गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप