बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेन : अमेरिकाले दियो रुसी तेल पाइपलाइन रोक्ने धम्की

शुक्रबार, १४ माघ २०७८, ०८ : ३५
शुक्रबार, १४ माघ २०७८

रुसले युक्रेनमाथि हमला गरेको खण्डमा अमेरिकाले पश्चिमी युरोपसम्म ग्यास पुग्ने रुसको महत्वपूर्ण पाइपलाइनको ओपनिङ बन्द गर्ने चेतावनी दिएको छ । 

नर्ड स्ट्रीम २ पाइपलाइनको रुसबाट जर्मनी जाने योजना छ । जर्मनीका अधिकारीले बिहिबार रुसको हमलाको स्थितिमा यो परियोजनामाथि प्रतिबन्ध लाग्न सक्ने बताएका थिए । 

पश्चिमी सहयोगी देशले हमला गरेको खण्डमा आफूहरुले रुसको अर्थव्यवस्थालाई निशाना बनाउने
बताएका छन् ।

उनको हालको बयानले देखाउँछ कि पश्चिमी देशले तेल पाइपलाइनको विषयमा कडा व्यवहार देखाउन थालेका छन् । 

रुसले युक्रेनमाथि हमला गर्ने योजना बनाइरहेको आरोप लगाइन्छ तर उसले भने उक्त आरोप ठाडो अस्वीकार गर्ने गर्छ । 

तर युक्रेनो सीमामा लाखौँ रुसी सैनिक तैनाथ हुँदा तनाव र हमलाको डर बढेको छ । 

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले एनपीआरसँग भने, ‘म स्पष्ट पार्न चाहन्छु कि यदि रुसले युक्रेनमाथि कुनै पनि प्रकारको हमला गर्छ भने नर्ड स्टिम २ अघि बढ्न पाउने छैन ।’

तर पाइपलाइनलाई कसरी रोकिनेछ भन्नेबारे सुक्ष्म जानकारीमा आफू जान नचाहेको उनले बताएका छन् । 

यस्तोमा प्रश्न यो उठ्छ कि के अमेरिकासँग साँच्चै नै यो परियोजना रद्द गर्ने शक्ति छ ?

नेड प्राइसले भने, ‘हामी जर्मनीसँग मिलेर यो अघि नबढोस् भन्ने कुरामा सुनिश्चित गर्न चाहन्छौँ ।’

तर यहाँ अमेरिका र जर्मनीको बयानमा नै अन्तर देख्न पाइएको छ । अमेरिकाले पाइपलाइनको ओपनिङ नै रोकिदिने बताएको छ भने जर्मनीले यो परियोजनामाथि प्रतिबन्ध लगाइन सक्ने बताएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप