शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कार्यसम्पादन समिति गठन गर्न काँग्रेस केन्द्रीय कार्यसमिति बैठक

शुक्रबार, १४ माघ २०७८, ०८ : २३
शुक्रबार, १४ माघ २०७८

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बैठक बस्न लागेको हो । आजको बैठकको कार्यसम्पादन समिति गठनको एक मात्र एजेण्डा छ ।

सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री, ३१ जना सदस्य, प्रवक्ता, संसदीय दलको नेता कार्यसम्पादन समितिको पदेन सदस्य हुनेछन् । अहिले काँग्रेसमा १३ जना पदाधिकारी छन् । कोषाध्यक्ष र प्रवक्ता मनोनीत गर्न बाँकी छ । यस्तै संसदीय दलको नेता सभापति देउवा नै भएकाले काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति ४६ सदस्यीय हुने छ। सभापति देउवाले केही सदस्य पछि थप्ने गरी आज कार्यसम्पादन समिति गठन गर्न लागेको हुन् ।

यो समितिको बैठक प्रत्येक महिनामा एक पटक बस्नुपर्ने विधानमा व्यवस्था छ ।

तर, कार्यसम्पादन समितिलाई नीतिगत निर्णय गर्ने अधिकार भने छैन । कार्यसम्पादन समितिले गरेका निर्णयहरू लगत्तै बस्ने कार्यसमिति बैठकबाट अनुमोदन भने हुनुपर्छ । बैठकको कार्यसूची तय नभए पनि स्थानीय तहको निर्वाचनबारे पनि छलफल हुने नेताहरुले बताएका छन् । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप