
ट्याक्टर र यात्रुवाहक बस ठोक्कियो

पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा उखु बोकेको ट्याक्टरमा यात्रुबाहक बस ठोक्किँदा दुई दर्जन यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
बिहीबार राति भैरहवाबाट विराटनगर जाँदै गरेको लु २ ख ४७५७ नम्बरको बस दुर्घटनामा परेको हो । हरिवन-९, सुखेपोखरीमा बिग्रिएर रोकी राखेको ज २ त ७८१ नम्बरको ट्याक्टरमा बसले ठक्कर दिएको इलाका प्रहरी कार्यलय हरिवनले जनाएको छ । बाक्लो हुस्सु र कुहिरोका कारण बस ट्याक्टरमा ठोक्किएको आँकलन गरिएको छ।
घाइतेमध्ये एक पुरुष र एक महिलाको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारको लागि वीरगन्ज रिफर गरिएको प्रहरीले जनाएको हो । बस चालक चालकलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । ट्याक्टर चालकको पहिचान हुन सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ