शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीशले बोलाए न्याय सेवा आयोगको बैठक

शुक्रबार, १४ माघ २०७८, ०८ : १४
शुक्रबार, १४ माघ २०७८

नेपाल बार एसोसियसनको लगातारको आन्दोलनका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज न्याय सेवा आयोगको बैठक डाकेका छन् ।  यसअघि ६ पुसमा बोलाइएको बैठक बस्दैनबसी स्थगित भएको थियो । तर, नेपाल बारको असहमतिका बाबजुत प्रधानन्यायाधीश राणाले आज दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् ।

प्रधानन्यायाधीश अध्यक्ष रहने आयोगमा न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्य रहने व्यवस्था रहेको छ । कानुनमन्त्री बडू कोरोना संक्रमणपछि आइसोलेसनमा छन् । 

अध्यक्ष र अन्य २ जना सदस्य उपस्थित रहेमा गणपूरक संख्या मानिने र बहुमतले निर्णय गर्न सकिने न्याय सेवा ऐन २०७३ मा उल्लेख छ ।  

खुला प्रतिस्पर्धाबाट आएका जिल्ला न्यायाधीशको नतिजालाई अनुमोदन गरेर अन्तर्वार्ता समिति गठन गर्ने कार्यसूची आजको बैठकको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप