अस्ट्रेलियामा १६ देखि १७ वर्षका व्यक्तिलाई पनि बुस्टर डोज दिने तयारी
शुक्रबार, १४ माघ २०७८, ०७ : ३०

अस्ट्रेलियाको औषधि नियामक निकायले १६ र १७ वर्ष उमेर समूहका व्यक्तिलाई पनि कोभिडविरुद्ध बुस्टर डोज दिन अनुमति दिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरुको संख्या बढिरहेका बेला थेरापेउटिक गुड्स एडमिनिस्ट्रेसन ९टीजीए० ले १६ देखि १७ वर्षका व्यक्तिलाई फाइजरको बुस्टर डोजका लागि अनुमति दिएको हो ।
अमेरिका, इजरायल र बेलायतले पनि सो उमेर समूहका व्यक्तिलाई बुस्टर डोज दिइरहेका छन् ।
विश्वमा कोभिडविरुद्ध खोप लगाउने देशहरुको सूचीमा अस्ट्रेलिया अग्रपंक्तिमा पर्छ । अहिलेसम्म ९३ प्रतिशत वयस्कले पूर्ण खोप लगाएका छन् भने १८ वर्षमाथिका ३५ प्रतिशले बुस्टर डोज लगाएका छन् ।
सरकारले यसै महिनाको सुरुदेखि पाँचदेखि ११ वर्षका बालबालिकालाई खोप लगाउन सुरु गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त
-
संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
-
सुदूरपश्चिममा अडियो काण्ड : फरक दलका नेता मिलेर अनियमितता