मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय विदेशमन्त्री जयशंकरलाई कोरोना संक्रमण

बिहीबार, १३ माघ २०७८, २२ : २६
बिहीबार, १३ माघ २०७८

भारतीय विदेशमन्त्री एस जयशंकरलाई कोरोना संक्रमण भएको छ । जयशंकरले आफूलाई संक्रमण भएकोबारे बिहीबार सामाजिक सञ्जालमा एक ट्वीट गर्दै  जानकारी दिएका हुन् । उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।

भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या तिव्र रुपमा बढिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप २ लाख ८६ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।  भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ सय ७३ जनाको मृत्यु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप