
सडक डिभिजनमा जागिरको प्रलोभन देखाई ठगी गरेको आरोपमा एक युवक पक्राउ

धनुषामा सरकारी दस्तखत र छाप किर्ते गरी ठगेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको धनौजी गाउँपालिका १ का २५ वर्षीय शहादत राइन रहेका छन् ।
राइनले आफ्नै गाउँका ३ युवाबाट प्रति व्यक्ति दुई लाख रुपैयाँ लिएर जागिर लगाइदिने भन्दै सडक डिभिजन कार्यालयको लेटरप्याडसहित सरकारी दस्तखत र छाप किर्ते गरेका थिए । सोही आरोपमा राइनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।
राइनले धनौजी गाउँपालिका १ का १९ वर्षीय बबुल पासवान, २० वर्षीय पारसकुमार पासवान र दिपेशकुमार पासवानलाई सडक डिभिजन कार्यालयको नक्कली लेटरप्याडमा आइटी सुपरभाइजर पदको नियुक्तिपत्र र सो पदसम्बन्धी उम्मेदवारको सम्झौतापत्र बनाएर दिएका थिए । उनलाई ती समाग्रीसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
आरोपित राइनलाई अनुसन्धानका लागि ठगी मुद्दा शीर्षकमा १० दिनको म्याद थप गराई अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ