
नक्कली मास्क बिक्री, ४ जना पक्राउ

नेपाल प्रहरीले विदेशी मास्कको नक्कल गरी कम गुणस्तरको मास्क बनाएर बिक्री गर्ने गरेको तथ्य फेला पारेको छ । काठमाडौँको त्रिपुरेश्वरमा नक्कली मास्क बिक्री भइरहेको भन्ने सूचनाका आधारमा खोजी गर्दा उक्त तथ्य फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यहाँस्थित त्रिपुरेश्वरमा रहेको महालक्ष्मी इशान इन्टरप्राइजेज प्रालि र अनेष्ट सप्लायर्सले अमेरिकी ब्रान्डको थ्रीएम मास्कको नक्कल गरी उस्तै देखिने कम गुणस्तरको मास्क बिक्री गरेको पाइएको हो । यसरी बिक्रीमा संलग्न चार जनालाई ६ हजार ११४ थान थ्रीएम मास्कसहित पक्राउ गरिएको छ ।
महानगरीय प्रहरी परिसरका अनुसार महालक्ष्मी इशान इन्टरप्राइजेजबाट चार हजार १९४ थान र अनेष्ट सप्लायर्सबाट एक हजार ९२० थान नक्कली थ्रीएम मास्क प्रहरीले बरामद गरिएको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–११ त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेजका सञ्चालक ३४ वर्षीय वुद्धिबहादुर कार्की, काठमाडौँ भोटेबहाल बस्ने भारत राजस्थान बस्ने नक्कली मास्क सप्लायर्स यश अग्रवाल, २० वर्षीय श्रीयान्स लावती र ललितपुर सातदोबाटो बस्ने अनेष्ट सप्लायर्सका म्यानेजर सङ्खुवासभाका २३ वर्षीय मुक्तिप्रसाद पोखरेल रहेका छन् ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ