शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा कराँतेको कबर्डहल निर्माण

बिहीबार, १३ माघ २०७८, १९ : ५०
बिहीबार, १३ माघ २०७८

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले खेलकुदको विकास, सम्वर्द्धनका लागि भन्दै कराँते एकेडेमीका लागि कबर्ड हल सञ्चालनमा ल्याएको छ । बुटवल उपमहानगरपालिका–१० कालिकानगरमा कराँते एकेडेमीका लागि प्रशिक्षण हलसहितको भवन बिहीबार उपमहानगर प्रमुख शिवराज सुवेदीले उद्घाटन गरेका हुन् । उनले अब बुटवलमा कराँतेका विभिन्न इभेन्ट्सका प्रतियोगिता र प्रशिक्षण सञ्चालन गर्ने बताए ।

उनले नगर खेलकुद विकास समिति गठन गर्नुका साथै त्यसमार्फत प्रभावकारी कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै खेलकुदको पूर्वाधार विकासमा ध्यान दिइएको बताए । कालिका नगरमा स्थापना भएको एकेडेमीमा बुटवल उपमहानगरका विभिन्न वडाका साथै तिलोत्तमा नगरपालिकाको २ र ३ नम्बर वडाका खेलाडीले समेत प्रशिक्षणको प्रत्यक्ष लाभ लिन सक्ने छन् । 

कराँतेका अन्तर्राष्ट्रिय प्रशिक्षक समेत रहेका कार्यक्रमका सञ्चालक कृष्णप्रसाद देवकोटाले उपमहानगरले खेलकुदका लागि पूर्वाधार विकास सँगै खेलाडीमा प्रोत्साहन जगाउने समेत काम गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप