सार्वजनिक स्थलमा मजाक वा प्राङ्क गर्नेलाई गृह मन्त्रालयले दियो कडा चेतावनी
बिहीबार, १३ माघ २०७८, १९ : २५
गृह मन्त्रालयले सार्वजनिक स्थलमा अरुको मजाक, ख्यालठट्टा वा मस्करी (प्राङ्क) गर्नेमाथि कारबाहीको चेतावनी दिएको छ । मजाक/ ख्यालठट्टाको नाममा व्यक्तिहरुलाई शारीरिक तथा मानसिक रुपमा सास्ती दिने, हैरानी पार्ने क्रियाकलाप गरी त्यसको भिडियो समेत खिचेर सामाजिक सञ्जालमा अपलोड गर्ने पाइएको भन्दै मन्त्रालयले त्यसो नगर्न सचेत गराएको छ ।
मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा अनुमति बिना कुनै पनि प्रकारको तस्बिर लिन र सामाजिक सञ्जालमा प्रकाशन नगर्न सचेत गराउँदै त्यसो गरेको पाइए प्रचलित कानुन बमोजिम कारबाही हुने स्पष्ट गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण