शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युक्रेन संकटमा एक्लो भयो अमेरिका, चीन पनि रुसकै समर्थनमा

बिहीबार, १३ माघ २०७८, १९ : ००
बिहीबार, १३ माघ २०७८

युक्रेन संकटमा अमेरिका अब एक्लो भएको छ । अमेरिकालाई चीनको साथ मिल्ने आशा अब समाप्त भएको छ । चीन अब रुसको पक्षमा खडा भएको छ । रुसको समर्थन गर्ने चिनियाँ विदेश मन्त्रालयले भनेको छ, ‘उचित सुरक्षा चिन्तालाई गम्भीरतापूर्ण रुपमा लिन आवश्यक छ र समस्याको समाधान निकाल्न आवश्यक छ ।’ अमेरिकी विदेश विभागले बिहीबार भनेको छ, ‘विदेशमन्त्री एन्टनी ब्लिंकनले चिनियाँ विदेशमन्त्री वाङ यीसँगको कुराकानीमा युक्रेनप्रतिको रुसको आक्रामकताबाट विश्वव्यापी सुरक्षा र आर्थिक जोखिम पैदा  हुनेछ बताएका छन् ।’ ब्लिकनले चिनियाँ विदेश मन्त्रीसँग भने, ‘संकट समाधान गर्ने एक मात्र तरिका भनेको डी–एस्केलेशन एण्ड डिप्लोमेसी थियो ।’

अमेरिकाले बारम्बार चेतावनी दिँदै रुसले युक्रेन​को सीमामा आक्रमण गर्ने उद्देश्यका साथ १ लाख भन्दा बढी सैनिकलाई राखेको बताएको छ । यद्यपि, राष्ट्रपति पुटिनले यो आरोप लगातार खण्डन गर्दै आएको छ । उनले रुसी सेना देशभित्र जहिले पनि हिँड्डुल गर्न पाउने बताएका छन् ।

रुसले गत महिना संयुक्त राज्य अमेरिका र नेटोलाई एक सुरक्षा दस्तावेज पठाएको थियो । जसमा उनीहरुलाई युरोपेली सैन्य गठबन्धनमा युक्रेन​को भागिदारीको ठोकुवा गर्दै रुसको पूर्वी क्षेत्रमा आफ्नो सीमाको विस्तार नगर्न निर्देश गरिएको थियो । यद्यपि, बाइडेन प्रशासनले कुटनीतिक समाधानको कुरा गर्दै रुसको सुरक्षा मागलाई खारेज गरिदिएका थिए । ब्लिंकनले युक्रेनका लागि भविष्यको सदस्यतामाथि नेटोको बिचार स्पष्ट  गर्दै भनेका छन्,  ‘हाम्रो दृष्टिकोणबाट म यो भन्दा बढी स्पष्ट पार्न सक्दिन । नेटोको ढोका खुला छ, खुलै रहनेछ र यही हाम्रो प्रतिबद्धता हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप