शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तिनाउ खोलामा फेला परेको महिलाको शव सनाखत

बिहीबार, १३ माघ २०७८, १८ : ५९
बिहीबार, १३ माघ २०७८

तिनाउ खोलामा फेला परेको बेवारिसे महिलाको शव बिहीबार साँझ सनाखत भएको छ । पाल्पाको   तिनाउ गाउँपालिका–३  विद्युत ड्याम नजिकै तिनाउ खोलाको बीच भागमा घोप्टो परेको अवस्थामा  भेटिएको शव रुपन्देहीको सैनामैना नगरपालिका–३ की ७८ बर्षीया जितकुमारी कार्कीको रहेको प्रहरीले जानकारी दिएको छ ।

अनुसन्धान गर्दै जाँदा उक्त शव कार्कीको भएको थाहा भएको  जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए । मृतकका छोरा चक्रबहादुर कार्कीले आमाको शव पहिचान गरी बुझेर लगेको पचभैयाले बताए ।   चक्रबहादुरका अनुसार जितकुमारी माघ ७ गते मर्निङ वाकका लागि घरबाट बाहिर निस्किएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप