शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘तिम्रो याद आयो’ मा विजय र प्रमिलाको अभिनय

बिहीबार, १३ माघ २०७८, १८ : ०१
बिहीबार, १३ माघ २०७८

विजय बराल र प्रमिला खनालको अभिनय रहेको गीत ‘तिम्रो याद आयो’ सार्वजनिक भएको छ । अमेरिका निवासी गीतकार गोपाल लोहारको शब्द रहेको गीतमा सविन सुवेदीको स्वर छ । दीपक शर्माले संगीत दिएको गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका हुन् । गीतको भिडियोमा विजय र प्रमिलाको अलवा माया पौडेलको समेत अभिनय देख्न सकिन्छ ।

प्रेमी प्रेमीको प्रेमकथा देखाउन भिडियो देखाउन खोजिएको छ । श्याम तामाङको छायाङ्कन, विकास दाहालको सम्पादन रहेको भिडियो काजी लिम्बु र श्याम लामाको संयुक्त निर्देशन गरेका हुन् । भीमा लोहार निर्माता रहेको भिडियो गोलो प्रडक्शनले सार्वजनिक गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप