बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

१२ करोड रुपैयाँको आइपीओ ल्याउँदै कालिन्चोक केबलकार

बिहीबार, १३ माघ २०७८, १७ : ५४
बिहीबार, १३ माघ २०७८

दोलखाको कालिन्चोकमा सञ्चालनमा रहेको कालिन्चोक दर्शन केबलकारले १२ करोड रुपैयाँको साधारण सेयर (आइपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १२ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो ।
आयोजना प्रभावितलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित १२ लाख कित्ता सेयर बिक्री गर्न कम्पनीले नबिल इन्भेस्टमेन्टलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । आज भएको सम्झौताअनुसार नबिल इन्भेष्टमेन्टले स्थानीयवासीका लागि उक्त सेयर बिक्री खुलाउने छ ।

कालिन्चोक दर्शनका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटी र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले सम्झौतामा हस्ताक्षर गरे । कम्पनीले स्थानीयवासीलाई आयोजनाको स्वामित्व दिने लक्ष्यसहित आइपीओ बिक्री खुलाउन लागेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप