
सप्तरी जिल्लाको जनसंख्या सात लाख नाघ्यो

सप्तरी जिल्लाको जनसंख्या ७ लाख ११ हजार ७ सय ५९ रहेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाले देखाएको छ। केन्द्रीय तथ्यांक विभागले बुधवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार जिल्लामा घर संख्या १ लाख २४ हजार ३ सय २४ रहेको उल्लेख छ ।
जसमा परिवार संख्या १ लाख ५१ हजार २ सय ९१ रहेको छ जिल्लामा पुरुषको संख्या ३ लाख ५७ हजार ५ यस ७५ र महिलाको संख्या ३ लाख ५४ हजार १ सय ८३ रहेको तथ्यांकले देखाएको छ । सप्तरीका १८ स्थानीय तहमध्ये सबैभन्दा बढी जनसंख्या सप्तरी सदरमुकाम राजविराजमा नगरपालिकामा रहेको उल्लेख छ ।
राजविराजको कुल जनसंख्या ७१ हजार ९ सय ४६ उल्लेख छ। जसमा परिवार संख्या १५ हजार १ यस २१ रहेको छ । महिला ३६ हजार ९ सय ४२ र पुरुषको संख्या ३५ हजार ४ रहेको देखाइको छ । यसैगरी जनसंख्याको आधारमा कञ्चनरूप नगरपालिका दोस्रो रहेको छ । ५८ हजार ८ सय ८२ जनसंख्या कंचनरूप नगरपालिकामा रहेको उल्लेख छ ।
परिवार संख्या १२ हजार ६ यस ६२ रहेको छ । महिला २८ हजार ९ सय ४९ र पुरुषको संख्या २९ हजार ९ यस ३३ रहेको छ । यस्तै खड्क नगरपालिका जिल्लाको तेस्रो बढी जनसंख्या रहेको नगरपालिका कायम भएको छ । यो नगरपालिकाको जनसंख्या ५४ हजार १ सय ९३ रहेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ