
मेलानिया ट्रम्पको लिलामीका सामग्रीले लक्षित मूल्य पाएनन्

अमेरिकाकी पूर्व प्रथम महिला मेलानिया ट्रम्पले यसै महिनाको सुरुमा लिलामीका लागि राखेका तीन वस्तुले लक्षित मूल्य पाउन सकेनन् । उनले यी सामग्रीको मूल्य २ लाख ५० हजार डलर राखेकी थिइन् ।
लिलामीमा राखिएका वस्तुहरुमा कस्टम, ट्रम्पले ह्वाइट हाउसको औपचारिक भ्रमण गर्दा लगाएको सेतो ह्याट र एनिमेसनसहित चित्रणको एउटा नन–फन्जिबल टोकन थिए । लिलामीको समय बुधबार राती समाप्त भएको थियो । लिलामीका ५ वस्तु मध्ये तीन वस्तु मात्रै देखाइएको थियो । प्रत्येक वस्तुको न्यूनतम मूल्य १,८०० सोलाना टोकन थिए । यो एक किसिमको क्रिप्टोकरेन्सी हो । जसलाई ट्रम्पले छानेकी थिइन् ।
सोलाना टिकटको न्यूनतम आवश्यकता पूरा हुँदा २,५०,००० डलरको थ्रेसहोल्ड पूरा हुन सकेन । किनभने गत दुई साता अघिदेखि लगभग सबै लिलामीको क्रिप्टो बजारमा ठूलो गिरावट आइसकेको थियो ।
यो अवधिमा विभिन्न मुद्राहरु २०, ३० वा ४० प्रतिशतले ओरालो लागिसकेका थिए ।
ट्रम्पको वस्तुहरुप्रतिको उदासिनताले बोली लगाएको सुरुको समय बजार ओरालो लागेकोले मेलानियाले भनेको १,७०,००० डलर र ८०,००० प्राप्त गर्न सकेनन् ।
क्रिप्टोकरेन्सीको न्यून मूल्य र थोरै मात्र सामग्री भएकाले उनले लक्षित मूल्य प्राप्त गर्न नसकेको हो ।
बिटकोइन सम्भवतः सर्वाधिक परिचित क्रिप्टोकरेन्सी हो । यसै महिनाको क्रिप्टो ओरालो लागेका कारण बिटकोइनमा २० प्रतिशतले गिरावट आएको थियो ।
पूर्व प्रथम महिलाले कलात्मक सामग्रीको डिजिटल बिक्रीमा प्रत्येकले १५० डलर प्राप्त गर्ने अपेक्षा गरेकी थिइन् । उनले यी सामग्रीको बिक्रीबाट आएको पैसाले गरिब बालबालिकालाई सहयोग गर्ने बताएकी छिन् ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ